लैङिगक हिंसा विरुद्वको १६ दिने अभियानकै सन्दर्भ पारेर गोपाल गौरी दिगो बिकास प्रतिष्ठानले तेश्रो लिङगीलाई सम्मान गरेको छ । तेश्रो लिङ्गीलाई सम्मान गर्ने कार्यक्रमकै विच जेष्ठ नागरिकहरुलाई समेत सम्मान गरिएको छ

लैङिगक हिंसा विरुद्वको १६ दिने अभियानकै सन्दर्भ पारेर गोपाल गौरी दिगो बिकास प्रतिष्ठानले तेश्रो लिङगीलाई सम्मान गरेको छ । तेश्रो लिङ्गीलाई सम्मान गर्ने कार्यक्रमकै विच जेष्ठ नागरिकहरुलाई समेत सम्मान गरिएको...

हाम्रो बारेमा

जिल्ला प्रसासन कार्यालय ववरमहल काठमाण्डौमा मिति २०७४ कार्तिक १५ गते दर्ता नं.३२६ मा मुनाफा रहित सामाजिक संस्थाको रुपमा विधिवत रुपामा दर्ता भई सामाजिक विकास र उत्थाका क्षेत्रमा वभिन्न क्षेत्र र समुदाय सम्म पुगेर हिंसामा परेका महिला दिदिवहिनिहरु, एकल महिला तथा...

जिल्ला प्रसासन कार्यालय ववरमहल काठमाण्डौमा मिति २०७४ कार्तिक १५ गते दर्ता नं.३२६ मा मुनाफा रहित सामाजिक संस्थाको रुपमा विधिवत रुपामा दर्ता भई सामाजिक विकास र उत्थाका क्षेत्रमा वभिन्न क्षेत्र र समुदाय सम्म पुगेर हिंसामा परेका महिला दिदिवहिनिहरु, एकल महिला तथा पुरुषहरुलाई सिप सिकाउदै आत्मनिर्भर वनाउने लक्षसहित राज्यलाई सहयोग गर्दै अगाडि वढ्ने अभिप्रायले गोपाल गौरी दीगोविकास प्रतिष्ठानको स्थापना गरिएको हो । १३ जनाको सञ्चालक समिति वाट सुरु भएको संस्था चुस्त दुरुस्त वनाउने अभिप्रायले हाल ९ जनाको कार्यसमिति कार्यरत रहेको छ । समाज कल्याण परिषद लैनचउर काडमाण्डौमा २०७४ साल काकर्तिक १६ गते ४६७१२ नम्बरमा आवद्धता लिएको संस्थाले मिति २०७४ कार्तिक १५ गते आन्तरिक राजश्व कार्यालय महाराजगञ्ज काडमाडौँ वाट स्थाइ लेखा नम्बर ६०७०९८०९७ लिएर सामाज रुपान्तरणको महाअभियान सञ्चालन गरिरहेको छ । सुरुवाती चरणमा आफ्नो श्रीमान र छोराहरु गुमाएर वेघरवार वन्नु भएकी इन्दिरा गौतमले श्रीमान र छोराहरुको उपचार वाट वचेको आफ्नो निजि चल अचल संपति खर्चिएर एकल प्रयासमा सुरु गर्नुभएको गोपाल गौरी दीगोविकास प्रतिष्ठान यतिवेला राजधानि र राजधानि वाहिर वाट दिन दुःखीको सारथि वन्दै सहज जिवन यापनकालागि प्रयासरत रहेको छ । प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद (Council for Technical Education and Vocational Training (CTEVT)  वाट २०७६ साल माघ २६ गते सिलाई–कटाई (३९० घण्टा), ब्युटिपार्लर (३९० घण्टा), र ढाकाको तान बुन्ने (४५४ घण्टा), छोटो अवधिको तालिम सञ्चालनको स्विकृति लिएर सिप सिकाउने, स्वारेजगार तथा ब्यवसायिक साथै रोजगारी सिर्जना गरीरहेको छ । गोपाल गौरी दीगोविकास प्रतिष्ठानको शाखा विस्तारको लागि २०७५ सालमा जिल्ला प्रसासन कार्यालय चन्द्रगढी झापा वाट अनुमति लिएर झापाको शिवसताक्षी नगरपालिकामा आफ्नै भवन वनाइरहेको संस्थाको प्रधान कार्यालय भने काठमाण्डौ महानगरपालिका वडा नं. ७ चावहिलमा रहेको छ । जिल्ला प्रसाशन कार्यालय झापा वाट स्विकृति लिए पछि २०७५ सालमा झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ११ मा स्थापना गरिएको गोपाल गौरी दीगोविकास प्रतिष्ठानको शाखाले बैंकको ऋण लिएर संस्थाको ४ तलाको स्टमेटमा २ तलाको भवन सम्पन्नताको चरणमा पुग्नै लागेको छ । गरिवि, असाय, हिंसामा परेका महिला साथै एकल महिला तथा पुरुषहरुलाई सिप सिकाएर क्षमता अनुसार रोजगारी दिदै संरक्षण गर्ने उध्येश्य अनुरुप भवन निर्माण हुदै गरेको जानकारी गराउदछौँ । संस्था स्थापना देखि हालसम्ममा ८० जना जेष्ठ नागरिकहरुलाई कपडा वितरण, ६० जना जेष्ठनागरिक लाई प्रमाणपत्रल दोसल्ला, पौष्टिक तत्व र यातायात खर्च वापत रु ५ सय रकम सहित संहान गरिसकेको छ । यसरीनै ४० जना अपाङ्गता भएका नागरिकहरुलाई ज्याकेट, पौष्टिक खाद्य तत्व र यातायत खर्च वापत जनहि रु ५ सय प्रदान गरेको छ । सिलाई कटाई तालिम सञ्चालन गरि १ सय जनालाई सिप प्रदान गर्दै त्यस मध्ये ४० जना ब्यवसायिक वनाइसकेको त्यसरीनै २० जनालाई प्रशिक्षक विकास गरेको र थप २० जनालाई संस्थावाटै रोजगारी सिर्जना गरिएको छ । ८० जना सहभागिलाई तान वुन्ने तालिम सञ्चालन गरि ९ जना प्रशिक्षक, ७ जनालाई उद्योग स्थापना गराउन थप २० जनाले आफ्नै घरमा ढाका वुनेर संस्थामा विक्रि गर्न ल्याउने वातावरण सिर्जना गरीएको छ भने १७ जनाले अन्य ब्यापारीलाई विक्रि गर्ने गरेको र वाँकि जनसक्तिले संस्थामै रोजगारी गर्ने गर्नुभएको छ । गोपाल गौरी दीगोविकास प्रतिष्ठानले कोभिको समयमा झापाको शिवसताक्षी नगरपालिकाको ११ वटै वडामा मास्क वितरणसँगै रोङ गा पा मा २० हजार थान मास्क वितरण गरेको थियो । कोभिडको समयमा काठमाण्डौमा १ लाख रकम वरावरको राहत वितरण, साथै झापाको शिवसताक्षी नगरपालिकाका ११ वटै वडामा थप १ लाख रकम वरावरको राहत सामग्री वितरण गरेको छ । झापाका वाढि पिडितलाई २ लाखको रासन, लगाउने कपडा, ओड्ने ओछ्याउने कपडा राहत स्वरुप वितरण गरेको छ भने झापाकै शिवसताक्षी नगरपालिकाको कोभिड अस्पताललाई आवश्यक लत्ताकपडा सतिका २ वटा वेड प्रदान गरेको संस्थाले कोभिडका विरामिलाई अस्पतालमा आवश्यक साग सब्जी, चामल वितरणसमेत प्रदान गरेको छ । झापाको शिवसताक्षी नगरपालिकाको ११ वटै वडाका जेष्ठ नागरिकहरुलाई घर घर पुगेर आवश्यक औषधी निशुल्क वितरण साथै ल्यावसहितको स्वास्थ्य परिक्षण गरेको संस्थाले शिवताक्षी नगरपालिका भित्रका महिलाहरुको स्वास्थ परिक्षण साथै पाठेघर खसेका महिलाहरुको निशुल्क अप्रेसन साथै रिङ राख्ने निशुल्क शिविर सञ्चालन गरेको छ । त्यसै गरी शिवताक्षी नगरपालिकाका वालवालिकाहरुका लागि वाल कान्ति अस्पताल र गंगालाल हृदयरोग निवारण केन्द्र काठमाण्डौ त्यसै गरी विराट मेडिकल अस्पताल वाट विषेसज्ञ सहितको टिम झिकाएर निशुल्क स्वास्थ्य परिक्षण शिविर सञ्चालन गरेको छ । गोपाल गौरी दीगोविकास प्रतिष्ठानले जिवन उपयोगि शिप सिकाउने तालिममा सहभागि प्रशिक्षार्थिहरुलाई तालिम पश्चात कपडा सिलाउने मेसिन २० जनालाई वितरण गरेको छ भने ढाका बुन्ने शिपमा सहभागि थप २० जनालाई तान मेसिन निशुल्क हस्तान्तरण गरिसकेको छ । काठमाण्डौ, धनकुटा र इलामको रोङ गाउँपालिकामा ८० जनालाई क्रिष्टल चुरा, रानिहार, मोति माला, कानमा लगाउने झुम्का, पोते, कानको टप, औँठी लगायतका सामग्री निर्माण गर्ने तालिम प्रदान गरि ब्यवसायिक वनाइसकेको छ ।

गोपाल गौरीले सम्पन्न गर्यो ३९० घण्टाको सिलाई कटाई तालिम https://sancharmanch.com/2023/01/02/157222/ Shivasatakshi Municipality of Jhapa Ward No. 390 hours of sewing and cutting training has been completed for 15 underprivileged families of 6. 15 women have completed the training with the financial support of Skill Development Training Center Bhadrapur. The participants said that they did not get a chance to learn the skills to be fully professional during the short-term training. Indira Sharma (Gautam), central president of Gopal Gowri Digo Vikas Pratishtha, said that it is necessary to organize advanced training for becoming a full-fledged businessman while acquiring more skills.

गोपाल गौरीले सम्पन्न गर्यो ७८ दिने ढाका बुनाई तालिम https://sancharmanch.com/2023/01/02/157230/ Jhapa Shivasatakshi Municipality Ward no. A two and a half month Dhaka weaving training has been completed for citizens of 4 out of 18 poor families. Shivasatakshi Municipality Ward No. 18 women have completed the training conducted with the financial support of 4. The participants are disappointed that more training will be organized in the future even though they did not have the opportunity to learn the skills so that the short-term training will be fully professional.